बारा जिल्लासंग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा अपरेशनका क्रममा नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको करिब डेढकिलो अफिमसहित दुई जनालाई पक्राउ गरिएको छ।
पभारतको मोतिहारीस्थित एसएसबी ७१ औँ बटालियनको
इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाको आधारमा शुक्रवार साँझ करिब ६स्२३ बजे संयुक्त अपरेशन सञ्चालन गरिएको थियो। उक्त अपरेशनमा ‘ई’ कम्पनी बीओपी जमुनिया, ७१ बटालियन एसएसबी मोतिहारी र बिहार प्रहरीको संयुक्त टोली सहभागी रहेको थियो।
संयुक्त टोलीले घोडासहन नजिकैबाट १किलो।४८० ग्राम अफिम एउटा मोटोरोला जी–१३ मोबाइल फोन तथा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्लाको झरोखर थाना अन्तर्गत अठमोहान वडा ८ निवासी अन्दाजी ५० वर्षीया सुदामी देवी र छौँरादानो ब्लक अन्तर्गत दरपा थाना क्षेत्रको पिपरा गाउँ निवासी दिलीप कुमार राम रहेको एसएसबि मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीले बताएका छन्।
बरामद मोबाइलको दुईवटा आईएमईआई नम्बर पनि प्रहरीले सार्वजनिक गरेको छ।
एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद सामग्री घोडासहन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो, जुन भारत–नेपाल सीमास्तम्भ नम्बर ३५७र०३ बाट करिब ८ किलोमिटर भारतीय भूभागभित्र पर्दछ। प्रारम्भिक अनुसन्धानमा उक्त अफिम नेपालबाट भारततर्फ तस्करी गरिएको खुल्न आएको छ।
बरामद सामग्री तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि घोडासहन प्रहरी स्टेशनमा बुझाईएको छ।


