२०८३ बैशाख २७, आईतवार १६:०७

भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति रौतहटको अगुवाइमा आइतबार चन्द्रनिगाहपुरमा भूमिहीन तथा सुकुम्बासी समुदायले बृहत् प्रदर्शन गरेका छन् । “उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर” भन्ने नारासहित आयोजित प्रदर्शनमा सयौँ सर्वसाधारण सहभागी भएका थिए ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट सुरु भएको ¥याली बजार क्षेत्र परिक्रमा गर्दै तीनकुने पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीहरूले “भूमि हाम्रो अधिकार हो”, “डोजर आतंक बन्द गर”, “सुकुम्बासीलाई सुरक्षित आवास देऊ” जस्ता नारामार्फत सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च रौतहटका जिल्ला अध्यक्ष अनुप माझीले पछिल्लो समय विभिन्न स्थानमा भइरहेको डोजर अभियानका कारण भूमिहीन तथा सुकुम्बासी समुदाय भयभीत बनेको बताएका थिए। वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई विकल्पबिना हटाउने कार्य अन्यायपूर्ण भएको उहाँको भनाइ थियो ।

“हामीलाई हटाउने होइन, व्यवस्थापन गर्ने नीति चाहिन्छ,” उहाँले भन्नुभयो, “राज्यले भूमिहीन नागरिकको आवास अधिकार सुरक्षित गर्नुपर्छ ।”

सभामा बोल्ने अन्य वक्ताहरूले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित बसोबास, लालपुर्जा तथा आधारभूत सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका थिए । उनीहरूले समस्या समाधानका लागि दीर्घकालीन नीति ल्याउनुपर्नेमा जोड दिँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा सहभागीहरूले भूमिहीन समुदायको जीवनसँग जोडिएको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका थिए । चन्द्रपुर नगरपालिका र डिभिजन वन कार्यालय रौतहटले अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछी भूमिहीन सुकुम्बासी भनिएका समुदाय आनोलित भएका छन्।

Comment


Related News

Latest News

Trending News