अपडेट 
२०७७ बैशाख २६, शुक्रबार १०:४३

जनकपुरधाम । प्रदेश २ मा स्वाब संकलनलाई तिब्रता दिएको छ । बिहीबार मात्रै ९७ जनाको स्वाब संकलन गरिएको छ ।

बिहीबार धनुषा जिल्लामा मात्रै ५८ जनाको स्वाब संकलन गरिएको छ भने पर्सा जिल्लामा ३० जनाको स्वाब संकलन गरिएको छ । सप्तरीमा भने ९ जनाको स्वाब संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार ९७ जनाको स्वाब संकलन गरिएसँगै प्रदेश २ मा २ हजार ७ सय ५३ जनाको स्वाब संकलन भएको मन्त्रालयले जनाएको छ । संकलन भएका स्वाबमध्ये ३० जना संक्रमित देखिएका छन् भने ३ सय ५१ जनाको नतिजा आउन बाँकी रहेको छ ।

बिहीबारसम्म प्रदेशमा ५ हजार ३ सय ५६ जनाको ¥यापिड टेस्ट गरिएको छ । यसमध्ये बिहीबार धनुषामा ३, महोत्तरीमा ४ र सर्लाहीमा १ गरी ८ जनाको ¥यापिड टेस्ट गरिएको हो ।

Comment


Related News

Latest News

Trending News