२०८३ बैशाख २७, आईतवार १६:२७

नेपाल क्रिकेट संघ क्यानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानविन गर्न असहयोग गरेको भन्दै कारबाही गर्न मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्रचार गरेको छ।

खेलकुद मन्त्रायले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर नेपाल क्रिकेट संघ (क्यान) लाई कारबाहीका लागि आवश्यक प्रकृया अघि बढाउन निर्देशन दिएको हो।

मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्र पठाउँदै अन्तिम पटक स्पष्टीकरण सोधी जवाफ माग गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। उक्त पत्र राखेपले प्राप्त गरिसकेको छ।

अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते परेको उजुरी सम्बन्धमा २०८१ पुस २५ गते मन्त्रालयमा सचिवस्तरको निर्णय र २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णय भई समिति गठन भई छानविन प्रक्रियाको जिम्मेवारी पाएपनि खेलकुद विकास ऐन २०७७ को दफा २८ खण्ड (च) र (ड) बमोजिम मन्त्रालय तथा परिषदबाट श्रेस्ताको जाँचबुझ गर्न सो सम्बन्धी अभिलेख उपलब्ध गराउने बाध्यात्मक व्यवस्था रहेकोमा सो कानुनी प्रावधा क्यानबाट पालना नभएको मन्त्रालयले परिषदलाई पठाएको पत्रमा उल्लेख छ।

Comment


Related News

Latest News

Trending News