२०८३ बैशाख २७, आईतवार १९:३१
जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहीवारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ । स्थानीय र पश्चिमी वायुका साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बितेका दुई हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो । यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका १/२ ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ ।
भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ । यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।


