अपडेट 
२०७७ बैशाख २६, शुक्रबार १२:१६

जनकपुरधाम । मारवाडी सेवा समिति जनकपुरधामले लगातार १८ औं दिन पनि निःशुल्क भोजन वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । १८ औं दिन बिहिबार जनकपुरधामका मेयर लालकिशोर साहको उपस्थितिमा अति विपन्न,गरिब, दैनिक ज्यालादारी गर्नेलाई निःशुल्क भोजन वितरण गरिएको हो ।

कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण गर्नको लागि सरकारले आव्हान गरेको लकडाउनका कारण दैनिक मजदुरी गरि जीवनयापन गर्दै आएका गरिब तथा बिपन्न परिवारहरुलाई मारवाडी सेवा समितिले निःशुल्क भोजन वितरण गर्दै आएको हो ।

मारवाडी सेवा समिति जनकपुरधामले गएको १७ दिनदेखि निःशुल्क भोजन वितरण गर्दै आएको छ । मारवाडी सेवा समितिले दैनिक ५०० देखि ७०० जनालाई निःशुल्क भोजन वितरण गर्दै आएको जनाएको छ । बिहान ११ बजेदेखि दिउँसे २ बजे सम्म मारवाडी सेवा समिति जनकपुरधामको अगाडि व्यवस्थित ढंगले समाजिक दूरी कायम गरी भोजन वितरण गर्दै आएको छ ।

निःशुल्क भोजनमा दिनदिनै सहभागिता बढ्दै गएको समितिका अध्यक्ष ललित कुमार बजाजले बताए । समितिको प्राबगन अगाडि बसेर भोजन गर्न सक्नुका साथै भोजन घर लग्न मिल्ने व्यवस्था पनि मिलाइएको अध्यक्ष बजाजले जानकारी दिए ।त्यस्तै लकडाउनको पालना गराउन नगर क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुलाई दिउँसो पानी, चाउचाउ, बिस्कुट कार्यस्थलमा नै पु¥याउने गरिएकोछ । स्कुटरबाट पानी,चाउचाउ, बिस्कुट लगायतका समानहरु सुरक्षाकर्मीलाई यथास्थानमा नै पु¥याएर सहयोग गरिरहेको अध्यक्ष बजाजले बताए ।

लकडाउन सुरु भएसंगै धनुषा जिल्लाको ग्रामीणक्षेत्रमा बसोबास गर्दै आएका ५१० गरिब तथा विपन्न परिवारलाई घरमै गएर राहत वितरण गरेको समितिका बरिष्ठ उपाध्यक्ष समिर मुरारकाले बताए । अहिले वितरण भइरहेको निःशुल्क भोजनमा शुद्ध साकाहारी रहेको छ । दाल, भात, तरकारी, अचार र खुसार्नी रहेको बरिष्ट उपाध्यक्ष मुरारकाले बताए ।आफुले घरमा खाने खाना जस्तै यहाँ बितरण हुदैँ आएको खाने कुराको गुण्स्तर रहेको उनले थपे ।

निःशुल्क भोजन वितरण कार्यक्रममा सहभागी भएका जनकपुरधामका मेयर लालकिशोर साहले मारवाडी सेवा समितिले विगत १७ दिनदेखि गर्दै आएको निःशुल्क भोजन वितरण कार्यको प्रशंसा गर्दै मारवाडी सेवा समितिका अध्यक्षसहित सम्पूर्ण टीमलाई धन्यवाद ज्ञापन गरे ।

Comment


Related News

Latest News

Trending News