२०८३ बैशाख २८, सोमबार ११:३८
सरकारले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिबाट हुने सम्बोधनलाई स्वीकृत गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्दै पौडेलले गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन हुन लागेको उहाले बताउनुभयो ।
सोमबार अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्दै हुनुहुन्छ ।


