२०८३ बैशाख २८, सोमबार १५:३४

सरकारले बिभिन्न अध्यादेशहरु प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका बिभिन्न ८ वटा अध्यादेश पेश गरिएको हो ।

बैठकमा कानून मन्त्री सोविता गौतमले सार्वजनिक खरिद -दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ र संवैधानिक परिषद् -काम, कर्तव्य, अधिकार र कार्यविधि) -पहिलो संशोधन) अध्यादेश २०८३ पेश गर्नुभयो ।

त्यस्तै उहाले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्नुभयो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लले सम्पती सुद्धिकरण निवारण तेश्रो संशोधन अध्यादेश प्रस्तुत गर्नुभयो भने भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थय विज्ञान प्रतिष्ठान सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्नुभयो ।

त्यस्तै बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News