अपडेट 
२०७७ बैशाख २६, शुक्रबार १२:३५

file photo

रञ्जन यादव
जीतपुर ।
बाराको अमलेखगंजमा नेपाल टेलिकमको टावर खस्दा लाखौँको क्षति भएको छ ।बिना हावाहुरी अचानक स्थानियको घरमा टावर खस्दा स्थानियको घर सहित टावरमा लाखौ मुल्य बराबरको क्षती भएको हो ।

टावरका कारण स्थानिय नरेश पाठकको घर क्षति भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।उनले ५० वर्ष पुरानो टावर फेर्ने समय भएको कारणले खसेको हुन सक्ने जानकारी दिए ।

टावर, जडान समाग्री र प्राविधिक गरी करिब ६० लाख मुल्य बराबरको क्षती भएको नेपाल टेलिकम सिमरा शाखाका विरेन्द्र अधिकारीले जानकारी दिए ।

घटना घटेसंगै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक पुरी सहित जीतपुर सिमराका सम्बन्धित वडा अध्यक्ष र नेपाल टलिकम सिमरा शाखाका ब्यक्तिहरुले त्यस क्षेत्रको अवस्थाबारे स्थलगत अनुगमन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News