२०८३ बैशाख २९, मंगलवार ०७:२८

मधेश प्रदेश सभाको ७ औं बैठक जेठ १ गते शुक्रवार आह्वान गरिएको छ ।

प्रदेश सरकार मन्त्री परिषद् को सोमवार बसेको बैठकले प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम शुक्रवार बिहान ११ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको सचिव नारायण प्रसाद दाहालले जनाएका छन् ।

मधेश प्रदेशको सत्ता साझेदार जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । जनमत पार्टीले पनि विश्वासको मत दिने एकजना सांसदले बताएका छन् ।तर जनमत पार्टीबाट सरकारमा जाने प्रतिनिधि परिवर्तन भए सरकारलाई विश्वासको मत दिने धारणा सो पार्टीका नेताहरुले व्यक्त गरेका छन् । स

त्तारुढ चार दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)नेपाल, नेपाल कम्युनिष्ट पार्टी-नेकपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलका नेताहरुको आइतवार बसेको बैठकले मुख्यमन्त्री कृष्ण यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

मधेश प्रदेशमा सरकारलाई निरन्तरता दिन सत्तारुढ दलका शीर्ष नेताहरुबीच काठमाण्डुमा सहमति भएको थियो । मधेश प्रदेशका सभामुख रामअशिष यादवले जनाए अनुसार शुक्रवार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।मुख्यमन्त्रीले लिने विश्वासको मतपछि केही दिनका लागि संसद स्थगन हुने बताइएको छ । नियमित अधिवेशन नै आह्वान भएकोले संसद चालु रहने सभामुख यादवले जनाए ।

Comment


Related News