२०८३ बैशाख २९, मंगलवार १३:३२

नेपालबाट तस्करीमार्फत भारत पुर्‍याइएको लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ७१ औँ बटालियन र बिहार प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापामारी गर्दै पौने ३ किलो चरेश बरामद गरेको हो।

एसएसबीका अनुसार भारतको बिहार राज्य अन्तर्गत मोतीहारी जिल्लाको जितना थाना क्षेत्रस्थित अगरवा गाउँमा मंगलबार बिहान छापामारी गरिएको थियो। छापामारीका क्रममा गजेन्द्र राय यादवको घरभित्र बोरामा लुकाइराखिएको करिब पौने ३ किलो चरेश फेला परेको एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारी ले जानकारी दिएका छन्।

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा घरधनीका २६ वर्षीय छोरा मुन्ना कुमार यादवलाई पक्राउ गरिएको छ। पक्राउ परेका मुन्नालाई बरामद चरेशसहित आवश्यक कारबाहीका लागि जितना थानामा बुझाइएको एसएसबी प्रवक्ता विनित कुमार सिंह ले बताएका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद चरेश बारा जिल्लाको सीमावर्ती नाका हुँदै नेपालबाट भारत तस्करी गरिएको आरोपितले स्वीकार गरेको एसएसबी ७१ औँ बटालियन पिपराकोठीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News