रौतहटको कटहरिया बजार स्थित एकनिजि विद्यालयमा कक्षा ५ मा अध्ययनरत तीनजना विद्यार्थी एकैपटक बेपत्ता भएका छन्।
कटहरिया नगरपालिका ५ बस्ने सम्सुदिन अन्सारीका छोरा बर्ष १४ को सकील अन्सारी, किरायसिन भन्ने सुरेन्द्र साह सोनारको छोरा बर्ष १४ को कुन्दन साह सोनार, र सोही वडाका भरत दास सरभंगको छोरा १२ बर्षको पवन कुमार दास सरभंग पछिल्लो ३ दिनदेखी बेपत्ता भएका हुन्।
एउटै कक्षामा अध्ययनरत तीनैजना विद्यार्थी गत सोमवार दिउँसो २ बजे विद्यालयबाट पढेर आफ्नो घर गएका थिए।
फर्केको केही समय पश्चात तीनैजना विधार्थीहरु घरबाट बाहीर खेल्न भनेर निस्केका थिए। सो पछी तीनैजना विधार्थीहरु सम्पर्क बिहिन भएको एकजना अभिभावक समसुदिन अन्सारीले बताएका छन्।
सोहिदिन तीनैजना अभिभावकहरुले आआफ्नो सम्बन्धित स्थान आफन्त तथा विद्यार्थीहरूको साथीभाई संग सोधबुझ गरे तर कतै सुराकी नलागेपछि बेलुकिपख ईलाका प्रहरी कार्यालय कटहरियामा गएर उनीहरूको फोटो सहित निवेदन दिएका थिए।
भागेका विधार्थी मध्ये सकील अन्सारी संग दुईचार हजार रुपैयाँ रहेको उनको एकजना अर्का साथीले बताएको भनेर अभिभावक किरायसिनको भनाई रहेको छ।
साथै उनीहरू भारतको राजधानी दिल्ली जाने योजना बनाएको थियो भनेर अपुष्ट कुरा उनकै एक साथीको भनाई छ। अन्य दुईजना विद्यार्थी सङ्घ पैसा नरहेको बताएका छन्।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरले निवेदनको आधारमा उनीहरूको तस्वीर सहितको हुलिया मजकुरको कार्यालयमा पठाईसकेको बताएका छन्।
प्रहरीले पठाएको हुलिया र तस्वीरको आधारमा नेपालभरिकै प्रहरीले उनीहरुको खोजी गरिरहेको छ तर भारतीय प्रहरीको ध्यानाकर्षणको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट एउटा पत्र लेखाएर लैजान अभिभावक लाई सुझाव दिएका छन्।
बेपत्ता भएका बालकहरूको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको छ। वास्तवमा उनीहरूको अपहरण भएको हो वा घुम्न बाहिर गएका हुन् तत्काल भन्न नसकिने ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
यसैबिच कुनै पनि व्यक्तिहरुले उक्त बालकहरुलाई देख्नु भयोभने तुरुन्त नजदिको प्रहरि चौकि वा प्रहरीको नम्बर ९८५५०४२०९५ वा १०० नम्बरमा खबररिदिन अनुरोध गरेका छन । यसरी कटहरिया बजारबाट एकैपटक तीनजना विद्यार्थी सम्पर्क बिहिन भएको यो सम्भवतः पहिलो घटना भएको प्रहरीको भनाई रहेको छ।


