२०८३ जेष्ठ १, शुक्रबार १७:२६

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्नेगरि महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको उहाले बताउनुभयो ।

यसैगरि बैठकले आगामी महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समिक्षाका लागि जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताउनुभयो । बैठकमा सातै वटा प्रदेशको समिक्षा बैठकबाट आएका सुझावहरु सचिवालय महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेको र त्यसमाथि पनि छलफल भएको उहाले जानकारी दिनुभयो ।

उहाले राप्रपा महाधिवेशनतर्फ उन्मुख भएको भन्दै निर्वाचनका कारण स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News