अपडेट 
२०७७ बैशाख २६, शुक्रबार १६:५२

काठमाण्डू । घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडी धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् । शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको छ । प्रहरीको लाठी चार्जको क्रममा दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जान पनि नमानिरहेको प्रहरीले जनाएको छ ।

यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका छन् । अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहको छन्ए । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजेपनि हट्न मानिरहेका छैनन् ।

करिब २० जनाभन्दा बढी रहेका उनीहरु वी वान्ट टू गो ब्याक होम लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडी धर्ना बसिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News