अपडेट 
२०७७ बैशाख २७, शनिबार ०७:३१

काठमाण्डु ।प्रतिनिधि सभाको बजेट सत्र प्रारम्भ भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएकोछ ।शुक्रवार सुरु भएको संसद अधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै जीर्ण शरीरलाई आराम दिन आग्रह गरे ।


प्रधानमन्त्रीबाट लोकतन्त्रविरोधी गम्भीर गतिविधि भएको आरोप लगाउँदै उनले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे ।‘प्रधानमन्त्रीसँग मेरो आग्रह छ, जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुस ’ उनले भने, ‘तपाईले अनावश्यक ढंगले यस्ता गतिविधिमा संलग्न हुँदा आफैंमाथि अन्याय भएको छ ।


‘रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ ’ उनले भने, लोकतन्त्र र आफ्नैं छविलाई बचाउन तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’पूर्व प्रधानमन्त्री भट्टराईले भने, राजनीतिक दल फुटाउने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी हर्कत भएकाले फिर्ता लिदैमा उन्मुक्ति पाइदैन् ।


उनले युवा पुस्तालाई नेतृत्व दिएर प्रधानमन्त्री ओलीलाई आराम गर्न सुझाव दिए ।‘ तपाईंको राजनीनामा नै एउटा उचित निकास हुन्छ’ भट्टराईले भने, त्यसले नै समाज र देशलाई अगाडि बढाउन पाउँछ। मेरो बिनम्र आग्रह छ’, उनले भने, ‘प्रश्न उठ्छ उहाँको विकल्प के ? यो मेरो निजी विचार हो । ‘हामी पूर्वप्रधानमन्त्री अब इच्छा र आकांक्षा नराखौँ’ उनले भने, प्रत्यक्ष कार्यकारी भूमिकामा हामी नरहेर नयाँ पुस्तालाई अगाडि बढायौँ भने देशले निकास पाउँछ ।’


बैठकर्ला सम्बोधनगर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताए ।

‘स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएकोछ ’ उनले भने, ‘स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरिनु गम्भीर र अक्षम्य भएकाले दोषीहरूलाई पदमुक्त गरेर कारबाहीका लागि सघाउन सरकारसँग माग गर्दछु ।


समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दल विभाजन गर्ने उद्देश्यले महोत्तरीबाट काठमाण्डु ल्याएको उल्लेखगर्दै देउवाले भने, उक्त विषयमा उजुरी परेकाले कार्वाही हुनुपर्छ ।


सरकारलाई प्रारम्भमै विपक्षी दलका नेताहरुले चौतर्फी घेराबन्दीगर्दै पूर्ण रुपमा असफल रहेको ठहर संसदको बैठकमा गरे । प्रधानमन्त्री ओली दुई तिहाईको सरकार भएरपनि सम्पूर्ण रुपमा असफल रहेको नेताहरुले आरोप लगाए ।कोरोना महामारीको बेला जनतालाई त्यसबाट जोगाउने तर्फ ध्यान नदिई सरकारले अर्कै धन्धा गर्न थालेको आरोप जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लगाए ।


‘ पार्टी फोर्ने, सांसद चोर्ने ? सांसद अपरहण गर्ने ? गराउने ? के हो भयो ?’उनले प्रश्न गरे, सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेर सरकारले मानवताविरुद्धको अपराध गरेकोछ ।


‘ गुण्डा लगाएर अपहरण गर्छ । विपक्षीलाई ठेगान लगाउने रे ! यो सरकार कुर्सीको लडाइँ गर्नचाहिँ बडा सिपालु छ । त्यो काम त रातारात गर्दोरहेछ ’ महतोले भने, जनता त्राहीमाम, उता कुर्सी बचाउनका लागि अध्यादेश । के हो यो ? सरकार के गरिराखेको छ ? यो रातारात आध्यादेश केका लागि आयो ? लोकतन्त्र बलियो पार्न, पार्टी फुटाउने रे ! के हो यो ?


प्रधानमन्त्री ओलीले विहिवार नै नेकपाका सांसदहरुलाई सरकारको बचाउमा एकजुट भएर लाग्न निर्देशन दिएका थए ।सरकारमाथि विपक्षीहरुले सशक्त रुपमा आक्रमण गर्ने अनुमान प्रधानमन्त्री ओलीले गरेपनि सरकारको बचाउ भन्दा आक्रमण गर्ने नेताहरु बढी चर्चामा रहे ।

प्रधानमन्त्री ओली आफ्नै दलका असन्तुष्ट नेताहरुको चर्को दवावको सामना गर्न धौ धौ परिरहेको बेला सदनमा विपक्षी दलहरुले घेराबन्दी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News