२०८३ जेष्ठ ७, बिहीबार ०७:३२

मधेश प्रदेशको राजधानी सांस्कृतिक एवं धार्मिक नगरी जनकपुरधामबाट प्रकाशित भइरहेको राष्ट्रिय ‘क’ वर्गको जनकपुर टुडे पत्रिकाले सफलतापूर्वक २७ वर्ष पूरागरी आजदेखि २८ औं वर्षमा प्रवेश गरेको खुशी साझा गर्न पाउँदा हामी अत्यन्त गौरवान्वित छौ ।

‘१०X१५’ साईजको ‘श्वेत श्याम’ बाट प्रकाशन प्रारम्भ भएको जनकपुर टुडे अहिले झण्डै एक दशकदेखि ब्रोडसिट आकारमा प्रकाशन भइरहेको छ । नेपालको तराई/मधेशबाट राष्ट्रिय ‘क’ वर्गको पहिलो दैनिक पत्रिका जनकपुर टुडेले आफ्नो यात्रामा निष्पक्षता, तटस्थता र स्वतन्त्रतालाई मूल आधार मानेको छ ।

जनकपुर टुडेले प्रारम्भमा भोगेको समस्याहरुभन्दा हाल कठिन समस्याको सामना गर्नु परिरहेको छ ।देशमा मतपत्रबाट आमूल राजनीतिक परिवर्तन भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को नेतृत्वमा गठन भएको झण्डै दुई तिहाई बहुमतको सरकारले लामो समयदेखि परिवर्तनको पर्खाइमा रहेका नेपालीलाई समग्र क्षेत्रमा विकासको लहर आउने अपेक्षा गरिएको थियो ।

त्यस अनुसारको कतिपय सकारात्मक कार्यहरु भइरहेको छ ।नयाँ सरकारले निजी क्षेत्रको सञ्चार माध्यमहरुलाई सुकाउनेगरी निर्णय गरेको छ ।नेपालमा निजी क्षेत्रको सञ्चार माध्यम सरकारी सञ्चार माध्यमको भन्दा कमजोर छैन् ।सम्पूर्ण सरकारी लगानीमा सञ्चालन भइरहेको सञ्चार माध्यमहरुलाई सरकारले प्रतिस्पर्धी बनाउन आवश्यक छ ।

निजी क्षेत्रको सञ्चार माध्यमहरुलाई विगतमा दिदै आएको सुविधालाई सरकारले हनन गर्नु हुँदैन् ।रास्वपाका धेरै युवा नेता र सांसदहरुले मिडियालाई नजिकबाट बुझेका छन् ।उनीहरुले मिडियालाई धराशायी बनाउने सरकारी निर्णयलाई सच्याउन सकारात्मक भूमिका निर्वाह गर्नेमा हामी आशावादी छौ ।सञ्चार क्षेत्रमा देखिएका बेथितिलाई हटाउन पनि सरकारले पहल गर्नुपर्छ ।सरकारले सञ्चार क्षेत्रको अभिभावकत्व निर्वाह गर्नु पर्छ ।सञ्चार माध्यमले पनि आफ्नो ओजलाई कायम राख्नु पर्छ ।

टुडे राष्ट्रिय एकता, अखण्डता र नागरिकप्रतिको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै आएको छ ।जनकपुर टुडेले नागरिकको सुसूचित हुने अधिकारप्रति सचेत छ ।सूचनामा कसैसित सम्झौता नगर्ने नीतिलाई आगामी दिनमा पनि निरन्तरता दिने हामी प्रण गर्दछौ ।

Comment


Related News

Latest News

Trending News