२०८३ जेष्ठ ७, बिहीबार १७:१३

प्रतिपक्षी दलले वेल घराउ गरेका छन्।

प्रतिपक्षी दलको अवरोधकैबीचमा सभामुख डोलप्रसाद अर्यालले संसद चलाएपछि प्रतिपक्षी दलहरूले वेल गराउ गरेका हुन्। उनीहरूले संसदको नियमावली कार्यान्वयन गर भन्दै नाराबाजी पनि गरेका छन्।

प्रतिपक्षी दलको नाराबाजीकाबीच पनि अर्यालले संसद सुचारु गरेका छन्। यसअघि २:४५ बजे १५ मिनेटका लागि स्थगित भएको संसद बैठक करिब २ घण्टापछि पौने ५ बजे सुरु भएको थियो।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दल नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले वेल घराउ गरेका हुन्।

प्रतिपक्षी दलले आफूहरूले नियमावलीको नियम ५६ अनुसार महिनालको पहिलो हप्ता प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै बैठक अवरोध गरेका हुन्।

तर प्रधानमन्त्री वालेन्द्र शाहलाई सभामुख अर्याल भेट्न जाँदा शाहले प्रश्नोत्तरमा सहभागी हुने विषयमा सकारात्मकता देखाएनन्।

Comment


Related News

Latest News

Trending News