२०८३ जेष्ठ ९, शनिबार १८:१७

नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झन्डै ७१ प्रतिशत पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्म यो दर ७९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको ७१ प्रतिशत हिस्सा रहेको नसर्ने रोगले झन्डै २२ प्रतिशतलाई ३० देखि ७० वर्षको उमेरबीच अकाल मृत्युमा र पुर्‍याउने गरेको छ ।

नेपालमा मुख्यगरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वासप्रश्वाससम्बन्धी लगायत नसर्ने रोग मृत्युको मुख्य कारण बन्ने बन्दै गएका छन् । यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा ‘पेन–डी प्याकेज’ नामक एक नयाँ कार्यढाँचा विकास गरेको छ ।

यो प्याकेजले भूकम्प, बाढी वा पहिरोजस्ता विपद्को समयमा पनि नसर्ने रोगका बिरामीहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राख्दछ । प्याकेजअन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्वभण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन र सामुदायिक स्वास्थ्यकर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश छन् ।

कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा यो प्याकेज परीक्षण गरिसकिएको छ । स्वास्थ्य विशेषज्ञहरूले भने ‘पेन–डी प्याकेज’लाई स्वास्थ्य प्रणालीभित्र आबद्ध गरी देशका सबै पालिकामा कार्यान्वयन गर्न आवश्यक रहेको जोड दिएका छन् ।

Comment


Related News

Latest News

Trending News