२०८३ जेष्ठ १०, आईतवार ०७:०६

पछिल्लो निर्वाचन सम्बन्धी जनता समाजवादी पार्टी (जसपा) नेपालको समीक्षा बैठक सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिवार बसेको केन्द्रीय समितिको बैठकमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा सम्बन्धी छलफल भएको बैठकमा सहभागी एक नेताले जनाएको छ ।

फागुन २१ सम्पन्न चुनावमा जसपा नेपाल एक सीट पनि जित्न सकेको छैन भने समानुपातिक तर्फ समेत मत नपर्दा थ्रेसहोल्ड पनि कटाउन नसकिएकोमा छलफल भएको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले त्यसमा पार्टीको आन्तरिक कारण भन्दा पनि विदेशी भूमिका रहेको कुरा उठाएका छन् ।

विगगमा पार्टीले गरेको कमी कमजोरी एउटा कारण भएपनि विदेशी भूमिका समेत कुरा बैठकमा उठेको बैठकमा सहभागी एक नेताले बताए । केही केन्द्रीय सदस्यहरुले चुनावमा नेपाली सेनाको अनावश्यक हस्तक्षेप रहेको पनि कुरा बैठकमा राखेका थिए ।

बैठकमा निर्वाचनको समग्र समीक्षा, संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी रणनीतिबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको केन्द्रीय सदस्य शैलेन्द्र साहले बताए ।

पहिलो दिनको बैठकमा केन्द्रीय सदस्यहरु बिनोद सिंह, चन्देश्वर पासमान, मुकेश झा, बलविर नेपाली, अम्बिका काफ्ले, हेम्मा बेलवासे, निलम यादव, चमेली दास तत्मा, पिंकी यादव, शैलेन्द्र साह, उमेश यादव, निर्मला यादव, परमेश्वर साह, रेणु झा, अशेश्वर यादव, रेणु यादव, सबिता यादव, दिपक कार्की, लाक्पा शेर्पा, लिला सिटौला, सिता यादव, रेखा यादव, डा. सुरेन्द्र झा र तारा बिश्वकर्माले आ—आफ्नो धारणा राखेका थिए । बैठक आइतबार पनि बस्नेछ । आइतवारको बैठकबाट चुनावमा हारको कारण बारे निष्कर्ष निकालिनेछ ।

Comment


Related News