अपडेट 
२०७७ बैशाख २७, शनिबार १३:०६

राकेश यादव
गौर
। कोरोना भाईरसको संक्रमणबाट जोगिन तथा रोकथाम र उपचारमा सहयोग पुग्ने उदेश्यले रौतहटमा ग्रामीण विकास केन्द्र नेपालले करोडौको स्वास्थ्य समाग्री हस्तान्तरण गरेका छन् ।

अक्सफामको सहयोगमा उपलब्ध गराइएको स्वास्थ्य समाग्री आरडिसीले रौतहट १८ स्थानिय तहहरुलाई, डिस्पोजल कैप २० थान, डिस्पोजल पंजा ३० थान, सर्जिकल मास्क १ सय ५० थान, पानी र हवा नछिर्ने एप्रन पुनः प्रयोग हुने १५ थान, चस्मा २ थान, हैन्ड स्यानिटाईजर ५सय ग्रामको १० थान,हैन्ड स्यानिटाईजर सय ग्रामको ५० थान, केएन ९५ मास्क २५ थान, आईआर थर्मल गन ५ थान सहितको प्याकेज हस्तानान्त्रण गरिएको आरडीसी नेपालका अध्यक्ष पारस हुसैनले जानकारी दिए ।

अध्यक्ष हुसैनका अनुसार सशस्त्र प्रहरीलाई, डिस्पोजल कैप ५० थान, सर्जिकल मास्क एक सय थान, हैन्ड स्यानिटाईजर सय ग्रामको एक सय थान, आईआर थर्मो गन २५ थान, केएन ९५ मास्क ५० थान , नेपाल प्रहरीलाई, डिस्पोजल कैप ५० थान, सर्जिकल मास्क एक सय थान, हैन्ड स्यानिटाईजर सय ग्रामको एक सय थान, आईआर थर्मो गन ५० थान, केएन ९५ मास्क ५० थान र नेपाली सेनालाई, डिस्पोजल कैप ५० थान, सर्जिकल मास्क एक सय थान, हैन्ड स्यानिटाईजर सय ग्रामको एक सय थान, आईआर थर्मो गन १५ थान, केएन ९५ मास्क ५० थान उपलब्ध गराइएको छ ।

हाल सम्म विभिन्न दातृ निकायकोसहयोगमा आरडिसीले ५ स्थानीय तह द्वारा अति विपन्न परिवारहरुलाई समेत खाद्यय समाग्री सहितको राहत वितरण कार्य जारी रहेको अध्यक्ष हुसैनले बताए ।

त्यस्तै रौतहटका संचारकर्मीहरुको लागि , केएन ९५ मास्क ५० थान दिए संगै गौर अस्पाताल र चपुर अस्पताललाई, डिस्पोजल कैप ५० थान, डिस्पोजल गलव्स ५० थान, सर्जिकल मास्क १ सय ५० थान,हैन्ड सेनिटाईजर ५सय ग्रामको २ थान, हैन्ड स्यानिटाईजर सय ग्रामको ५० थान, केएन ९५ मास्क १० थान, आईआर थर्मो गन १ थान सहितको प्याकेजमा स्वास्थ्य समाग्र हस्तनान्त्रण गरि सकेको आरडिसीका कार्यक्रम संयोजक विजय साह बानीयाले जानकारी गराएको छ ।

अक्सफामको सहयोग तथा आरडिसी नेपालको सहकार्यमा रौतहट जिल्लामा विगत १५ वर्ष देखि निरंतर रुपमा विपद व्यवस्थापनमा अग्रनि भुमीकाका रहे संगै हाल जारी कोरोना महामारीको रोकथामको लागि गरिएको सहयोगले रौतहटको स्वास्थ्यको क्षेत्रमा धेरै सहयोग भएको गरुडा नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत मो.मुस्ताक आलमको कथन रहेको छ ।

Comment


Related News

Latest News

Trending News