२०८३ जेष्ठ ११, सोमबार १०:५९

नेपाली बजारमा आज सुन-चाँदीको भाउ बढेको छ।  आइतबार तोलामा दुई हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment


Related News