२०८३ जेष्ठ १२, मंगलवार ०७:४५

मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार सोमबार पनि हुन सकेन् ।सत्ता साझेदार हरुबीच मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसकेपछि मन्त्रिमण्डल विस्तार हुन सकेन् ।

साँझ साढे ७ बजे मन्त्रीहरुको सपथग्रहण गराउन प्रदेश प्रमुख कार्यालयलाई मुख्यमन्त्री कार्यालयले जनाउ दिए लगतै तयारी गरिएको थियो ।एमालेबाट मन्त्री बन्ने सूचीमा रहेका सिरहाका मनोज सिंह, धनुषाका लखन दास र महोत्तरीकी शारदा देवी थापा सपथग्रहणका लागि तयारीसाथ प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।उनीहरुसँगै दलका नेता एवं पूर्व मुख्यमन्त्री सरोज कुमार यादव पनि रहेका थिए ।

मुख्यमन्त्री कार्यालयले मन्त्रिमण्डल विस्तारको सूची नै प्रदेश प्रमुखलाई उपलब्ध नगराएपछि निराश भएर एमालेका नेताहरु फर्केका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कांग्रेसबीच मन्त्रालयको विषयमा सहमति हुन सकेन् ।सत्तासाझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्टिका कारण मधेशमा सरकार विस्तारमा ढिलाइ भएको छ ।नेकपाले अर्थ मन्त्रालय सहित चार मन्त्रालयमा अडान लिएपछि सोमबार दिनभरि सहमतिको लागि गरिएको प्रयास सफल हुन सकेन् ।

नेकपाको असन्तुष्टिका कारण नेकपा एमालेबाट मन्त्रीको शपथ लिन बोलाइएका तीन जना सांसदहरू शपथ नै नलिई फर्के ।हुन त उनीहरु मन्त्रिमण्डलमा समावेश भएकै छैन् । मन्त्रीका लागि एमाले दलका नेता सरोज कुमार यादवले दिएको सूची अनुसार नियुक्त र शपथ खुवाउने तयारी भएको जनाउ मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नै दिएको थियो ।

मुख्यमन्त्री यादवले एमालेलाई साँझ ५ बजे बोलाएका थिए ।नेकपाबाट मन्त्री हुने युवराज भट्टराई मधेश भवनमा नै रहेका थिए । नेकपाको असन्तुष्टिका बारेमा आइतवारदेखि नै संवाद चलिरहेको छ ।तर सहमति हुन सकेको छैन् ।एमालेका एकजना नेताका अनुसार सोमवार साँझ सत्ता साझेदार तीनदलबीच सहमतिका लागि १३ बुँदे खाका तयार भएको छ । १३ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि मंगलवार दुई बजेतिर मन्त्रिमण्डल विस्तार र सपथग्रहण हुने बताइएको छ ।

यसअघि नौ बुँदे सहमति भएको थियो । तर त्यसमा हस्ताक्षर भने भएको थिएन । त्यसैमा थपेर १३ बुँदे पु¥याइएको छ । नेकपाका नेताहरुले केही बुँदाहरुमा छलफल भएको बताए पनि सहमति नजिक नपुगेको जनाएका छन् ।‘मुख्यमन्त्री यादवले नेकपालाई साह्रै हेप्यो’ नेकपाका एकजना सांसदले भने, हामी स्वाभिमान गुमाएर सरकारमा जाँदैनौ ।

स्रोतका अनुसार मुख्यमन्त्री यादवले नेकपालाई अर्थ मन्त्रालय दिन सहमत भए पनि खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय छाड्न दबाब दिएका छन् ।नेकपाका नेताहरुले पाएको मन्त्रालय कुनै हालतमा नछाड्ने अडानमा छन् ।अर्थ मन्त्रालय थपमा चाहिएको उनीहरुले बताएका छन् । सत्ता साझेदारबीच सहमति नहुनुको कारण नेकपाको एउटा मन्त्रालय घटाउने मुख्यमन्त्रीको चाहना रहेको छ ।

एमालेले चाहे अनुसारको चारवटा मन्त्रालय पाएका छन् ।एमालेको भागमा भौतिक पूर्वाधार विकास, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात र खेलकुद तथा समाजकल्याण मन्त्रालय परेको छ ।एमालेबाट मन्त्री नियुक्त भएका मो.समिरले पनि विभाग पाएको छैन् ।उनी विहीवार नै मन्त्री नियुक्त भएका थिए । पूर्व मुख्यमन्त्री समेत रहेका

एमाले दलका नेता सरोज कुमार यादवले मंगलवार दिउँसो २ बजे मन्त्रीहरुको सपथग्रहण हुने बताएका छन् ।उनले सहमति जुटिसके पनि प्राविधिक प्रक्रियाहरु पूरा गर्न केहि समय लाग्ने भएकोले दिउँसो सपथग्रहणका लागि समय निर्धारण गरिएको बताए । विगतमा पाँच सांसदमा एकजना मन्त्री हुने सहमति अनुसार नै गठबन्धनमा मन्त्रालय बाँडफाँटको कुरा छिनोफानो हुनुपर्नेमा जोड दिदै उनले भने, सत्ता गठबन्धनमा दलहरुले आवश्यकता अनुसार त्याग पनि गर्नु पर्छ ।

सहमतिमा आगामी बजेटमा १ करोडभन्दा कमका योजना नराख्ने, खुला प्रतिस्पर्धा मार्फत योजना कार्यान्वयन गर्ने, मन्त्रालयको संख्या ९ वटामा सीमित गर्ने, कर्मचारी सरुवाको मापदण्ड बनाउने, कानुनअनुसार म्याद सकिएका उपभोक्ता समितिका सम्पूर्ण चिठ्ठीहरू रद्द गर्ने लगायतका विषयहरु उल्लेख छ । यो सहमतिमा हस्ताक्षर भएपछि मंगलबार दिउँसो २ बजे एमालेबाट तीनसहित नेकपाबाट समेत अर्थमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News