२०८३ जेष्ठ १५, शुक्रबार १८:३०

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ ।

आज संघीय संसदका दुवै सदनमा अर्थमन्त्री डा स्वर्णिम वाग्लले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उक्त बजेट सार्वजनिक गरेका हुन्।

दुई तिहाइ बहुमतको रास्वपा सरकारले पहिलोपटक बजेट सार्वजनिक गरेको हो।

राष्ट्रिय योजना आयोगले आगामी आवका निम्ति १८ खर्ब ९० अर्ब बराबरको बजेट बनाउन सरकारलाई सुझाएको थियो। यद्यपि आयोगको सिलिङभन्दा बढी रकमको बजेट सार्वजनिक गरिएको छ।

चालू आवको बजेट १९ खर्ब ६४ अर्ब बराबरको थियो।

Comment


Related News

Latest News

Trending News