२०८३ जेष्ठ १८, सोमबार ११:२३

आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य केही वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ। हिजो जेठ १७ गते चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

Comment

Related News

Latest News

Trending News