२०८३ जेष्ठ १८, सोमबार १७:०४

प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

दोश्रो बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

तर बिपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

Comment


Related News

Latest News

Trending News