अपडेट 
२०७७ बैशाख २८, आईतवार ०७:४२

जनकपुरधाम । आफूहरुको भुक्तानी नदिई चिनी बेच्न खोजेको भन्दै सर्लाहीका किसानले चार वटा ट्रकमा दोड गरिएको चिनी नियन्त्रणमा लिएको छ ।

लक डाउनको समयमा राती मजदूर लगाएर चिनी बेच्न लगेको जानकारी पाएपछि कृषकले ट्रक नियन्त्रणमा लिएका हुन् ।

धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी मिलबाट शुक्रबार राति चिनी लोड् गरिरहेकै अवस्थामा ट्रक नियन्त्रणमा लिएको कृषकको भनाई छ । ‘आफूहरुको पुरानो भुक्तानी नदिई चिनी बेच्न खोजिएकाले नियन्त्रणमा लिएका हौं’ कृषक बच्चेलाल दास ले भने, “चिनी बिक्री नभएको भन्दै भुक्तानी नदिने अनि रातारात चिनी बेच्ने काम गरेको पाइएपछि ट्रक कब्जामा लिएका हौं ।”

चिनी लोड गर्न आठ वटा ट्रक मिलमा लगेपनि चार वटा ट्रकमा लोड गरिएको अवस्थामा कृषकले फेला पारेका छन् ।

कृषक सहदेव महतोले २०७४ सालमै ५ ट्याक्टर र १२ गाडा मार्फत् उखु उपलब्ध गराएपनि हालसम्म ३० हजार मात्रै रकम पाएको बताए ।

अर्का कृषक महेन्द्र साहले पनि २०७४ सालकै भुक्तानी बाँकी रहेको बताए ।

कृषक अच्छेलाल यादवले भुक्तानी सम्बन्धमा जिल्ला प्रशासन कार्यालयसम्म निवेदन दिँदा समेत सुनुवाई नभएको गुनासो सुनाए ।

ट्रक नियन्त्रणमा लिने कृषकका अनुसार पछिल्लो ५ बर्ष यताको उखु भुक्तानी अन्नपूर्ण मिलले दिएको छैन् । उनीहरुका अनुसार अहिले पनि ३० करोड पुरानो भुक्तानी बाँकी रहेको छ ।

कृषकले ट्रक नियन्त्रणमा लिएका ट्रकलाई इलाका प्रहरी कार्यालय हरकटबामा राखिएको छ । ती ट्रकलाई सुरक्षितसाथ हरकटवा प्रहरी कार्यालयमा राखिएको सर्लाहीका प्रहरी प्रबक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News