२०८३ जेष्ठ २०, बुधबार १२:१०

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्दैछन्।

सोमबार नयाँदिल्ली पुगेका लामिछानेले हिजोदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका हुन्।  हिजो उनले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग छुट्टाछुट्टै भेट गरेका हुन्। गृहमन्त्री शाहसंग भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा कुराकानी भएको रास्वपाले जनाएको छ।

त्यसअघि भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनसँग भेट भएको थियो भने भाजपाको मुख्यालयमा रेडकार्पेट र बाजागाजासहित भब्य स्वागत गरिएको थियो। लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंरबीकोे भेट छलफल भारत–नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको बताइएको छ।

प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि सभापति लामिछाने अयोध्या पुगेर राममन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ।

Comment


Related News

Latest News

Trending News