अपडेट 
२०७७ बैशाख २८, आईतवार ०८:४६

लहान । सिरहाको औरहीमा पनि खुल्ला विषाक्त मदिराका कारण एक जनाको मृत्यू भएको छ । औरही गाउपालिका ५ का अन्दाजी ५० वर्षिय भुला यादवको मृत्यू भएको हो ‌।

शनिवार दिउसो मदिरा खाएका उनी बेहोस भएर शिव मंदिर नजिकै सडक छेउमा लडेका थिए । परिवारले थाहा पाएपछि टेम्पुमा राखेर घर लग्ने वित्तिकै उनको मृत्यू भएको थियो । प्रहरीका अनुसार उनले गाउकै मदिरा पसलमा खुल्ला घरेलु मदिरा खाएका थिए ।

मृतक यादव लामो समयदेखि अत्यधिक मदिरा सेवन गर्दै आएका थिए । ुअन्य दिन जस्तै उनी शनिवार विहानैदेखि मदिरा सेवन गरेको थियो,ु स्थानीय महेश यादवले भने, ुमृत्यु भएपछि उनको दाह(संस्कार गर्ने तयारी गरिरहेका बेला प्रहरी पुगे र शव पोस्टमार्टमका लागि शव सिरहा लग्यो ।ु

घरेलु मदिराले धनुषा र महोत्तरीमा केहि दिनभित्रै २५ जना बढीको मृत्यु भइसकेको छ । तर प्रदेश २ को गाउगाउमा अबैध तरिकाले भइरहेको घरेलु मदिरा उत्पादन र कोरोबार रोक्न प्रहरीले चासो देखाएका छैन् । प्रहरीको कमजोरीका कारण विषाक्त मदिराले सर्वसधारण अकालमै ज्यान गुमाउछन् ।

Comment


Related News

Latest News

Trending News