२०८३ जेष्ठ २२, शुक्रबार ११:१२
सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ २ सय रुपैयाँ मात्रै घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएकोे थियोे ।
आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

