सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा विकास कूटनीतिमा जोड दिएको बताएका छन् ।
भ्रमण सकेर फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले राजनीतिक परिवर्तन गरेपछि अस्थिरता कायम रहेका हुनाले समृद्धि छुटेकाे महसुस गरेकाले छलफललाई जोड दिएको बताए ।
उनले छिमेकीले लोभलाग्दो विकासको फड्कोलाई चासो राखेर भेटघाट र चासो राखेको बताए ।
लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएका छन् ।
उनले भने, ‘मैले भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छु । अब उहाँ कहिले आउनुहुन्छ भन्ने कुरा भने दुई पक्षले आवश्कयताका आधारमा मिति तय हुन्छ होला ।’
लामिछानेले मोदी नेपाल भ्रमणका लागि सकारात्मक रहेको पनि जानकारी दिए । त्यसैगरी, भाजपाका अध्यक्षलाई पनि निमन्त्रणा गरेको उनले बताए ।
लामिछानेले भारतसँगको सीमा सम्बन्धी विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनीतिक संवादमार्फत अघि बढाउनुपर्ने बताए ।
साथै, राष्ट्रियताको विषयलाई प्रचार–प्रसार वा प्रदर्शनको माध्यम नबनाई जिम्मेवार ढंगले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । अधिकारकर्मी र सञ्चारकर्मीले उठाउने विषय र राजनीतिक दलले उठाउने संवेदनशीलता फरक हुने र चरणबद्ध हुने उल्लेख गरे ।
लामिछानेले भने, ‘कूटनीतिकका चरण हुन्छ, आवश्यकताअनुसार उठ्छ । त्यसअनुसार अघि बढेको छ ।

