२०८३ जेष्ठ २४, आईतवार ०७:३३

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले धनुषा–सिरहाको सीमानामा पर्ने निर्माणाधीन कमला पुलको अवलोकन गरेका छन् ।

भौतिक पूर्वाधारमन्त्री लम्सालले शनिबार निर्माणाधीन कमला पुलको अवलोकन गर्दै ठेकेदारलाई कडा निर्देशनसमेत दिए । हुलाकी राजमार्गअन्तर्गत पर्ने निर्माणाधीन पुलको स्थलगत निरीक्षण गर्दै कामलाई तीव्रता दिन मन्त्री लम्सालले निर्देशन दिदँै केही महिनामै पुल सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिन आग्रह गरे ।

डेढ दशक बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेको कमला पुलका पुनःनिर्माण नहुँदा स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । निर्माणमा भएको ढिलाइ र पुलमा देखिएको क्षतिका कारण दुबैतर्फका स्थानीयवासीले सास्ती भोग्न बाध्य भएका छन् । कमला पुल हरेक चुनावमा प्रमुख एजेन्डा बन्ने गरे पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । स्थानीयले छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसंग माग गरे ।

Comment


Related News

Latest News

Trending News