२०८३ जेष्ठ २६, मंगलवार १९:५५

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्नु भएको छ ।

मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थीत मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभा ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले सञ्चारकर्मीसँग कुरा गर्दै सत्य र तथ्यका आधारमा मात्रै आलोचना गर्न आग्रह गर्दै नागरिकको अपमान र चरित्र हत्या गर्ने प्रवृत्ति विरुद्ध मन्त्रालय संवेदनशील भएर प्रस्तुत हुने चेतावनी दिनुभयो ।

पदभार ग्रहणकै क्रममा मन्त्री गुरुङले गृह प्रशासन र सुरक्षा निकायलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ७ वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उहाँले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन तथा सिफारिसका लागि विशेष कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ ।

यसका साथै गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट रोक्न र सूक्ष्म निगरानीका लागि …सेन्सेटिभ इन्फर्मेसन भिजिलेन्स टिमÚ गठन गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) लाई थप सशक्त बनाउने, हाल अनुसन्धानमा रहेका पुराना फाइलहरूलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा जघन्य, आर्थिक र सङ्गठित अपराधका घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न सीआईबीमा …स्पेशलाइज्ड टिमÚ -विशेष टोली) गठन गर्ने निर्णय समेत मन्त्री गुरुङले गर्नुभएको छ ।

यस अवसरमा उहाँले विगतका सबै गम्भीर प्रकृतिका घटनाका फाइलहरूलाई निष्कर्षमा पु¥याउने संकेत गर्दै अबदेखि हरेक फाइल खोलिने र कुनै पनि विषयलाई बेवास्ता नगरिने स्पष्ट पार्नुभयो ।

त्यस्तै, विक्रम संवत २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डसम्बन्धी विगतका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय समेत मन्त्री गुरुङले गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News