२०८३ जेष्ठ २८, बिहीबार ११:२६

आज दिउँसो गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ ।

कोशी, बागमती गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरैजसो ठाउँमा पानी परेसँगै गर्मी घटेको छ ।

हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो । आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन भित्रिने सम्भावना छ ।

Comment


Related News

Latest News

Trending News