२०८३ जेष्ठ ३१, आईतवार ०८:०७

पर्साको विरगञ्ज मालपोत कार्यालयमा सधै बिचौलियाहरुको रजगज रहने गरेको छ । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको वर्तमान सरकारमाथि वीरगञ्जको आदर्शनगरका २१ घरपरिवारले गम्भीर प्रश्न उठाउंदै वीरगञ्ज मालपोतमा बिचौलियाहरुको रजगत रहेको आरोप लगाएका छ्न ।

पाँच दशकअघि कानुनी रूपमा खरिद गरिएको जग्गाको स्वामित्वमाथि पुनः विवाद खडा गरिँदा उनीहरू आफूहरू राज्य संयन्त्रकै दबाबमा परेको दाबी गर्छन् । उनीहरूले वैधानिक कागजात, अदालतका फैसला तथा सरकारी अभिलेख हुँदाहुँदै पनि आफूहरूलाई अनावश्यक दुःख दिने प्रयास गुनासो गरेका छ्न । विवादको सबैभन्दा चर्चित घटना वीरगञ्जका रुपेश मानन्धरको परिवारसँग जोडिएको छ । उनका हजुरबुबा सत्यनारायण मानन्धरको निधन भएको १२ वर्ष बितिसकेको छ ।

मृत्युदर्ता भइसकेको र सम्पूर्ण अभिलेख सरकारी कार्यालयमै सुरक्षित रहेको अवस्थामा पनि भूमिसुधार तथा मालपोत कार्यालय पर्साबाट उनकै नाममा उपस्थित हुन पत्र जारी गरिएको छ । रुपेश मानन्धर भन्छन्, ‘मृत व्यक्तिको नाममा पत्र काटिनु सामान्य प्रशासनिक कमजोरी मात्र होइन । यसले राज्यको अभिलेख प्रणाली र नियतमाथि नै प्रश्न उठाएको छ। यदि यस्तो गल्ती सच्याउन नसक्ने अवस्था हो भने नागरिकले न्यायको आशा कहाँ गर्ने ीलाल रौनियार भन्छन्, ‘हामीले कानुन मानेर जग्गा किन्यौं, कर तिर्यौं र घर बनायौं । तर अहिले राज्यले हामीलाई नै शंकाको दृष्टिले हेरेको अनुभूति भइरहेको छ। कानुन पालना गर्ने नागरिक नै बारम्बार प्रमाण बोकेर कार्यालय धाउन बाध्य हुनु दुःखद हो ।’

Comment


Related News

Latest News

Trending News