२०८३ जेष्ठ ३१, आईतवार ०८:१४

मधेश प्रदेश सभा सदस्य ललिता दास विद्रोहीलाई मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्रीप्रसाद पहाडी समाजसेवा पुरस्कार–२०८३’ प्रदान गरी सम्मान गरेको छ ।

समाजले सामाजिक न्याय, मानव अधिकार तथा समावेशी समाज निर्माणको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै विद्रोहीलाई उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ । पुरस्कारसँगै नगद रु. १ लाख १० हजार राशीसमेत प्रदान गरिएको छ । लामो समयदेखि दलित, महिला तथा सीमान्तकृत समुदायको हकअधिकारका लागि सक्रिय रहँदै आएकी विद्रोही सामाजिक विभेद, जातीय भेदभाव तथा महिला अधिकारसम्बन्धी विभिन्न अभियान र आन्दोलनमा निरन्तर सहभागी हुँदै आएकी छन् ।

समाजले उनको यही योगदानको मूल्यांकन गर्दै सम्मान अर्पण गरेको हो । पुरस्कारको नामकरण गरिएका समाजसेवी बद्रीप्रसाद पहाडी शिक्षा, समाजसेवा तथा सामाजिक जागरणका क्षेत्रमा पुर्याएको योगदानका लागि परिचित व्यक्तित्व हुन् । सिरहामा विसं १९९९ चैत १ गते जन्मिएका पहाडीले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि रु. १ करोड आर्थिक सहयोग प्रदान गरेका थिए । मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष सामाजिक रूपान्तरण, मानव अधिकारको संरक्षण र समावेशी समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

Comment


Related News