अपडेट 
२०७७ बैशाख २९, सोमबार ०८:५३

काठमाण्डु ।समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको विधान , घोषणा पत्र लेखनमा ढिलाई भइरहेकोछ ।दुबै दलको छुट्टाछुटटै बैठक निरन्तर भइरहेको छ ।तर घोषणाको बिन्दुमा पुग्न सकिएको छैन् ।

‘विधान , घोषणा पत्र लेखनको कार्य भइरहेकोछ’ समाजवादी पार्टीका महासचिव रामसहाय यादवले भने, तर अझै टुंगो लागिसकेको छैन् ।शीर्ष नेताहरुबीचपनि निरन्तर संवाद र छलफल भइरहेको उनले बताए ।

दल दर्ताको सम्पूर्ण प्रकृया पुरागरि वैशाख महिना भित्रै दर्ता गर्ने प्रयास सफल हुने देखिएको छैन् ।दल एकिकरणका लािग दुवै पार्टीले आ–आफ्नो केन्द्रिय समितिबाट निर्णय गरिसकेका छन् ।तर अन्य प्रकृयाहरु जारी रहेकाले अझै केहि समय लाग्ने नेताहरुले जनाएका छन् ।

कार्यसम्पादन समिति र सचिवालय कति सदस्य राख्ने र त्यसमा को को रहने विषयमा राजपा भित्र सहमति जुटन सकिरहेको छैन् ।राजपा अध्यक्ष मण्डलका केहि सदस्यहरुले कोर कमिटीमा जानबाट केहिलाई रोक्ने प्रयास गरिरहेको बताइन्छ ।

राजपा अध्यक्ष मण्डलका केहि सदस्यहरुले असन्तुष्टि जनाउँदै बैठकमा जान छाडेका छन् ।यद्यपी अन्य विषय सकारात्मक रुपमा अगाडी बढेको उनीहरुले दावी गरिरहेका छन् ।जसपाको एकिकरणका लागि दुवै पार्टीका शीर्ष नेताहरुले गत १० गते राती सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

सहमति पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।आयोगले ४५ दिन भित्र पार्टी एकिकरणको प्रकृया पुरागरि पेश गर्न भनेकोछ ।त्यसको तयारी दुवै दलका नेताहरु जुटेपनि वरियता मिलाउन समस्या देखिएकोछ ।

सरकारले समाजवादी पार्टी विभाजन गर्न अध्यादेश ल्याएपछि फुटको सघारमा रहेको पार्टीलाई जोगाउन राती दुवै दल एकिकृत भएको सहमति पत्रमा झण्डा, चुनाव चिन्ह र नाम समेत उल्लेखगरि आयोगमा दर्ता गरेको थियो ।

Comment


Related News

Latest News

Trending News