अपडेट 
२०७७ बैशाख २९, सोमबार ०९:२१

काठमाण्डू । नेपालमा सोमबार थप १० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयएका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका छन् ।

अधिकारीका अनुसार, कपिलवस्तु जिल्लाको यसोधरा गाउँपालिका-५ र बुद्वभुमि नगरपालिका-७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीया पुरुषहरु र एक जना उमेर नखुलेका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

आज १० जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ। संक्रमित मध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन्। तर ति मध्ये ३ जनामा पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्।

Comment


Related News

Latest News

Trending News