२०८३ असार ६, शनिबार १९:२७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशन मिति तोकेको छ ।

हिजो र आज बसेको केन्द्रीय समिति बैठकले मंसिर २६, २७ र २८ गते गर्नेगरी महाधिवेशन मिति तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ । आजको बैठकमा केन्द्रीय निर्वाचन समितिले पेश गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठानिक तह निर्वाचनसम्बन्धि नियमावली र पार्टीको निर्वाचन निर्देशिका पनि पारित भएको छ ।

निर्देशिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ । तोकिएको अवधिभित्र अधिवेशन गर्ने जिल्ला मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन् । असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ ।

राप्रपाले कात्तिक ११ देखि ३० गतेभित्र सबै जिल्लाको सबै प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूलाई पार्टीको विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी मंसिर ७ गतेभित्र केन्द्रमा पठाउन भनेको छ । भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरु मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उमेदवार हुन पाउने व्यवस्था पार्टीले गरेको छ ।

Comment


Related News

Latest News

Trending News