२०८३ असार ७, आईतवार १२:१४

आइतबार सुनको मूल्य सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदी पनि महँगिएको छ । चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News