अपडेट 
२०७७ बैशाख २९, सोमबार १३:१३

एजेन्सी । कोरोनाभाइरस महामारी पनि अब भारतमा निकै महंगो पर्ने देखिएको छ । पछिल्लो २४ घन्टामा मात्र भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार २ सय १३ जना नयाँ संक्रमित भारतमा भेटिएका हुन् । योसँगै भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ६७ हजार १ सय ५२ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अब कोरोनाभाइरसका सक्रिय संक्रमित ४४०२९ जना छन् । यसको अर्थ हो, २० हजार ९ सय १६ जना भारतमा उपचार पछि ठिक भएका छन् ।

भारतीय सरकारी तथ्यांकअनुसार आइतबारसम्म भारतमा कोभिड १९ का कारण २२०६ जनाको निधन भएको छ । भारतमा २२ हजार १ सय ७१ संक्रमित पुष्टि भएसँगै महाराष्ट्रको सबैभन्दा खराब स्थिति देखिएको छ । महाराष्ट्रपति गुजरातमा ८ हजारभन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । भारतको तमिलनाडूमा अब दिल्लीमा भन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

तमिलनाडूमा ७ हजार २ सय ४ र दिल्लीमा ६ हजार ९ सय २३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

भारतमा महाराष्ट्रमा नै सबैभन्दा धेरैले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । त्यहाँ ८ सय ३२ जनाको निधन भएको छ भने गुजरातमा ४ सय ९३ जनाको निधन भएको छ ।

Comment


Related News

Latest News

Trending News