अपडेट 
२०७७ बैशाख २९, सोमबार १६:५०

राजविराज । नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ घर भएका १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

डा अधिकारीका अनुसार हालसम्म संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सप्तरीका थप १ जना युवामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News