२०८३ असार ८, सोमबार १८:०७
प्रतिनिधि छनोट विवादका कारण रास्वपाको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।
महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ । बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ ।
बन्दसत्र रोकिएसंगै रास्वपाको महाधिवेशन एक दिन लम्विने देखिएको छ । रास्वपाको महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।
महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गर्नुभएको थियो ।

