राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनको तयारी भएको छ ।
उपसभापति बाहेक अन्य पदमा निर्वाचन हुन लागेको हो । खुला उपसभापतितर्फ डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेका कारण निर्विरोध हुनुभएको छ । २ महामन्त्री पदमध्ये खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने एक महामन्त्री पदमा ८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले जारी गरेको पदाधिकारीको उम्मेदवारी सूची अनुसार, महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यको उम्मेदवारी परेको छ । यद्धपी महामन्त्रीमा विपिन आचार्यलाई प्रमोद न्यौपाने र गणेश पराजुलीले समर्थनको घोषणा गर्नुभएको छ । यसअसिघ
कविन्द्र बुर्लाकोटी र जगदीश खरेलले महामन्त्रीको उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
त्यस्तै, ३ सहमहामन्त्री १६ जनाको उम्मेदवारी परेको छ ।
खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तको उम्मेदवारी परेको छ भने महिलातर्फ जुली यादव, जमुना शर्मा-विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ । एक महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीको उम्मेदवारी परेको छ ।
यसअघि पहिलो चरणमा निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र दोस्रो चरणको निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था सो पार्टीमा रहेको छ ।

