२०८३ असार १३, शनिबार ०७:२२

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएको भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा दिएका छन् ।

शुक्रबार पदाधिकारीका लागि भएको निवार्चनमा मतदान गर्न नपाएको भन्दै उनीहरू धर्नामा बसेका हुन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार पदाधिकारीको मतदानमा १२/१३ सयको हाराहारीमा मत खसेको छ । जबकी महाधिवेशनमा साढे चार हजारभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रास्वपा महाधिवेशन स्थलमा पदाधिकारीको लागि मतदान गर्न रौतहटबाट आएका प्रतिनिधि महाधिवेशन स्थल प्रवेश गर्न नपाएपछि महाधिवेशन स्थलमै उनीहरु धर्नामा बसेका छन् । ९९ जना केन्द्रीय सदस्यलाई मतदान गरी बिहीबार नै घर गएका रौतहटका महाधिवेशन १० जना महाधिवेशन प्रतिनिधि ५ बजेर २ मिनेट जाँदा महाधिवेशन हलको गेटमा आइपुगेका थिए । तर उनीहरू आउँदा आउँदै रास्वपाका कार्यकर्ताहरुले नै गेट बन्द गरेका थिए । त्यसपछि भोट हाल्न मधेशीलाई नदिएको भन्दै उनीहरु आन्दोलनमै उत्रिए ।

उनीहरूलाई मतदानमा पठाउने भनेर लाइनमा राखिए पनि भित्र मतदान हलमा भने पठाइएन । सशस्त्र प्रहरीको सुरक्षा कडा सुरक्षा मतदान हलको स्थलको ढोकामा राखिएको थियो ।

Comment


Related News

Latest News

Trending News