अपडेट 
२०७७ बैशाख ३०, मंगलवार ०८:३४

जनकपुरधाम । कोरोना संक्रमणबाट बच्न अहिले लकडाउन लगाइएको छ । लक डाउन लगाइएपछि मान्छेहरु आफ्नै घरमा बस्न थालेपछि प्रदेश २ मा आत्महत्याको अवस्था भयावह बनेको छ ।

लक डाउन लगाइएको डेढ् महिनाभित्रै ५७ जनाले यो प्रदेशमा आत्महत्या गरेका छन् ।

सबैभन्दा बढी सिरहा र बारामा आत्महत्या गरेको पाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यी दुबै जिल्लामा १०÷१० जनाले आत्महत्या गरेका छन् । धनुषामा ९ जना, सर्लाही र रौतहटमा ७÷७ जना, पर्सामा ६, सप्तरीमा ५ र महोत्तरीमा ३ जनाले आत्महत्या गरेका छन् ।

सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाइएको छ । ५३ जनाले झुसण्डिएर आत्महत्या गर्दा ३ जनाले बिष खाएर तथा १ जनाले हाम फालेर आत्महत्या गरेका छन् ।

सप्तरी, सिरहा र पर्साका १÷१ जनाले बिष खाएर, बाराका १०, सिरहा र धनुषाका ९÷९, रौतहटका ७, पर्साका ५, सर्लाहीका ६, सप्तरीका ४ र महोत्तरीका ३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । हाम फालेर सर्लाहीका १ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्डमा छ ।

लक डाउन शुरु भएको ११ चैत २०७६ देखि हालसम्म प्रदेश २ मा ११ जनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सबैभन्दा बढी पर्सामा ५ जनाको हत्या भएको छ भने महोत्तरीमा २ जना, सप्तरी, धनुषा, रौतहट र बारामा १÷१ जनाको हत्या भएको छ ।

डेढ् महिनाको लक डाउन अवधीमा महिला र बालबालिका पनि सुरक्षित देखिन सकेका छैनन् । प्रदेश २ मा १७ वटा बलात्कारका घट्ना भएको छ । २ वटा बलात्कारको प्रयास हुँदा १ बाल यौन दुराचारको घट्ना समेत भएको छ ।

सबैभन्दा बढी बलात्कार बारा जिल्लामा भएको छ । ५ वटा बलात्कारका घट्ना बारामा हुँदा सर्लाहीमा ३, सिरहा, धनुषा र रौतहटमा २÷२ तथा सप्तरी, महोत्तरी र पर्सामा १÷१ वटा बलात्कारको घट्ना भएको छ । महोत्तरी र बारामा १÷१ वटा बलात्कार प्रयासका घट्ना भएका छन् भन भने सर्लाहीमा बल यौन दुराचार सम्बन्धी १ वटा घट्ना भएको छ ।

यस्तै, बारा जिल्लामा जर्वजस्ती करणी तथा गर्भपतन शिर्षकमा १ वटा मुद्दा दायर भएको छ ।

लकडाउनको डेढ् महिना अवधीमा प्रदेश २ का आठ जिल्लामध्ये सात जिल्लाबाट लागूऔषधसहित मानिसहरु पक्राउ परेका छन् । रौतहटबाहेक सात वटा जिल्लाबाट लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

लकडाउनको अवधीमा ३४ वटा लागूऔषधको मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी सिरहामा १० वटा, धनुषामा ८, सर्लाहीमा ५, पर्सामा ४, महोत्तरीमा ३ तथा सप्तरी र बारामा २÷२ वटा लागूऔषध मुद्दा दर्ता भएको छ ।

Comment


Related News

Latest News

Trending News