२०८३ असार १५, सोमबार १३:१०

सुनचाँदीको भाउ आज घटेको छ ।  सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले घटेरे २ लाख ८२ हजार ४ सय  रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको थियो । मंगलवारदेखि लगातार घटेको सुनको भाउ शुक्रवार र आइतबार बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ४ हजार ३ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News