२०८३ असार १५, सोमबार १९:०६

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका भौतिक संरचना ६० दिनभित्र हटाउन निर्देशन दिएको छ। सरकारको निर्णयलाई कार्यान्वयन गर्दै विश्वविद्यालयले आइतबार यस्तो परिपत्र जारी गरेको हो।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विश्वविद्यालयका सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्राचार गर्दै राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गुणस्तरमा ह्रास आएको उल्लेख गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार ९ गतेको पत्र र विश्वविद्यालय अनुदान आयोगको असार १० गतेको निर्णयानुसार संरचना हटाउन भनिएको हो।

निर्देशनालयका उप-प्रशिक्षक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा दलीय संरचना हटाएर विद्यार्थीका वास्तविक आवाजलाई समेट्न ९० दिनभित्र नयाँ संयन्त्र विकास गरिने उल्लेख छ।

शैक्षिक समस्या समाधानका लागि ‘स्टुडेन्ट काउन्सिल’ वा‘ भ्वाइस अफ स्टुडेन्ट’ जस्ता संयन्त्र निर्माण गरिने निर्देशनालयले जनाएको छ।

Comment

Related News

Latest News

Trending News