अपडेट 
२०७७ बैशाख ३०, मंगलवार ११:०१

वीरगञ्ज । कोरोना विशेष अस्पताल बनाउने विषयलाई लिएर वीरगंज महानगरपालिकाले डाकेको सर्वपक्षीय बैठक निष्कर्षबिहीन सम्पन्न भएको छ । सोमबार वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले कोरोना संक्रमित बिरामीहरूको अलगै गण्डक अस्पतालमा उपचार संचालन गर्ने बिषयमा बोलाइएको बैठक निष्कर्षबिहीन टुंगिएको हो ।

महानगरको सभाहलमा बसेको बैठमा निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूले नगर प्रमुखले सारेको कुरा समय सापेक्ष नभएको भन्दै आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षबिहीन टुंगिएको सहभागी एक चिकित्सकले बताए ।

नगरप्रमुख सरावगीले यस क्षेत्रमा कोरोना सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएकाले छुट्टै कोभिड अस्पताल बनाउन शनिबार निर्णय भएको र सोको लागि जनशक्ति र उपकरण निजी अस्पतालले उपलब्ध गराउनु पर्ने विषयमा बैठक आह्वान गरेका थिए ।

स्वास्थ्य मन्त्रालयको टोलीसंग महानगरपालिकाले नेशनल मेडिकल कलेजको जनशक्तिलाई कोभिड अस्पतामा २५ प्रतिशत सहभागीता गराउने निर्णय अनुसार राखेको प्रस्ताव प्रति मेडिकल कलेजले असहमती जनाए पछि निर्णय बिना निष्कर्ष टुंगिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय बताए ।

उनले मन्त्रालयको परिपत्र अनुसार सबै निजि अस्पतालहरुलाई सहभागीता जनाउन अनुरोध गर्दा उनीहरुले आ–आफनै प्रस्तावहरु राखेपछि बिना निष्कर्ष बैठक टुंगिएको बताए । बैठकमा खासै सहमति नभए पनि निजी अस्पतालको तर्फबाट रामराज श्रेष्ठको अगुवाइमा आवश्यक समाग्री तथा उपकरण उपलब्ध गराउन निजि अस्पतालका संचालकहरुसगं पहल गर्ने मौखिक जिम्मेवारी दिइएको मेसु उपाध्यायले बताए ।

नेशनल मेडिकल कलेजका निर्देशक डा. प्रमोद सर्राफले मेडिकल कलेजको लागि पिपिई तथा कोभिड जाँचको लागि अलग उपकरणको व्यवस्था गर्नु पर्ने माग गरेका थिए । निजी अस्पतालमा काम गर्ने चिकित्सकहरू सञ्चालकको अनिवार्यतामा नरहेका र कोभिडमा देखिएको चुनौति तथा पेशागत संरक्षण निजि अस्पतालका प्राविधिहरुलाई दिन नसक्ने कारणले उनीहरु जनशक्ति दिन असमर्थ रहेको बताइएको थियो ।

पछिल्लो सहमति अनुसार मन्त्रालयका प्रतिनिधि र महानगरका प्रतिनिधिबीच भएको सहमति अनुसार गण्डक अस्पतालको भौतिक पूर्वाधार प्रयोग गरी जनशक्तिमध्ये २५ प्रतिशत महानगर, २५ प्रतिशत नेशनल मेडिकल कलेज र ५० प्रतिशत नारायणी अस्पतालले उपलब्ध गराउनुपर्ने गरी गरिएको सम्झौता त्रुटिपूर्ण रहेको बैठकमा सहभागी केही चिकित्सकको भनाइ थियो ।

सहमतिपत्रमा आवश्यक उपकरण तथा सामग्री कसले दिने ,निजि अस्पतालका चिकित्सकको रिस्कलाई कसरी व्यवस्थापन गर्ने लागयतमा व्यवहारी पक्षको बारेमा उल्लेख नगरिएको कारण सहमतिपत्र त्रुटिपूर्ण रहेको निजिका चिकित्सकहरूले दाबी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News