२०८३ असार १६, मंगलवार १४:२२
हाल (मंगलबार दिउँसो) मधेसबाहेक सबै प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज दिउँसो १.०५ बजे सूचना जारी गरी मधेसबाहेक अन्य प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको जानकारी दिएको हो।
मौसम महाशाखाका अनुसार गएको २४ घण्टामा सबैभन्दा बढी पानी कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर परेको छ।
मौसमविद्का अनुसार यो धेरै भारी वर्षा हो। २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै पानी परेमा त्यसलाई धेरै भारी वर्षा भनिन्छ।

