२०८३ असार १९, शुक्रबार १२:३९
आज सुनचाँदीको भाउ बढेको छ ।
सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
चाँदीको भाउ आज तोलामा १६५ रुपैयाँले बढेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो पनि चाँदीएकैदिन तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

